आजदेखि बीमा कम्पनीले कोरोना बिमितको भुक्तानी दिने « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आजदेखि बीमा कम्पनीले कोरोना बिमितको भुक्तानी दिने


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । बीमा कम्पनीहरुले आज (बिहिबार) देखी कोरोना बीमा दाबीको भुक्तानी सुरु गर्ने भएको छ ।

बीमा समितिले कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएपछि कम्पनीहरुले त्यसको प्रक्रिया थालेका हुन्।

हिजो बसेको बिमक संघको बैठकले आजैदेखि भुक्तानी गर्ने निर्णय गरेको छ। बीमा पुलले दाबी प्रमाणित गरी सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन भने थप १ र२ दिन लाग्ने बताइएको छ।

बैठकको सहमतिअनुसार बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा पुलमा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ। बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले अब प्रक्रिया पुगेका सबैले कोरोना बीमाको दाबी भुक्तानी पाउने बताए।

बिमाको भुक्तानी लिनका लागि कोरोना पोजिटिभ देखिएको पीसीआर रिपोर्ट, बीमा लेखको प्रतिलिपि, पूर्ण रूपमा भरिएको दाबी फारम, घरमै आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायको सिफारिस, अस्पतालमा उपचार गरेको भए डिस्चार्ज रिपोर्ट, संक्रमितको परिचय खुल्ने आधिकारिक परिचयपत्र र अस्पतालमा उपचार गरेको भए उपचारको बिल बुझाउनुपर्छ।

कोभिड-१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमा लेख बिक्री सुरु गरिएको थियो। निर्जीवन बीमाकम्पनीले उक्त बीमा लेख बिक्री गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस