२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुदायस्तरमै कोरोना फैलिएपछि म्याग्दीका तीनवटा पालिका बन्द

अ+ अ-

म्याग्दी । समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीका तीनवटा गाउँपालिका र मुख्य बजारहरू बन्द गरिएको छ।

बेनी नगरपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द गरिएको हो। त्यसैगरी, बेनी बजार र दरवाङ बजारका पसल विहान ११ बजेदेखि बन्द गरिँदै आइएपनि जिल्ला सदरमुकाम बेनीबजारदेखि ग्रामिण भेगमा संचालन हुने यातायात बन्द नगरिँदा भीड बढेको छ।

म्याग्दीमा एक सातायता कोरोना समुदायस्तरमा नै फैलिएको छ। प्रदेशसभाका सदस्यदेखि लिएर नेकपा र कांग्रेसका जिल्लास्तरीय नेतासम्ममा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले नगरपालिका र उद्योग वाणिज्य संघको अनुरोधमा बजारमा कडाइ गर्न थालेको हो।

जनसम्पर्क गर्ने जनप्रतिनिधि, व्यवसायी र कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बेनी र पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङ बजार बन्द गरिएका छन्। बेनी नगरपालिका र बजार १४ कात्तिकदेखि नै बन्द छन् भने मालिका र दरबाङ बजार बुधबारदेखि बन्द भएका हुन्।

मंगला गाउँपालिकाले कर्मचारीमा संक्रमण पुष्टि भएपछि असोज अन्तिम सातादेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो। मालिका गाउँपालिकाले बिहीबारदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए। दरवाङ बजारका पसलसमेत बन्द गराइएको अध्यक्ष रोकाले बताए।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस