स्वास्थ्य मन्त्रालयद्वारा एक सय ९१ जना कर्मचारी माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मन्त्रालयद्वारा एक सय ९१ जना कर्मचारी माग


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिङलगायतको काम गर्नका लागि भन्दै विभागले एक सय ९१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को मन्त्रालयको निर्णयअनुसार कर्मचारी राख्न लागिएको विभागले जनाएको छ।

बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्याङ्क व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो।

दरखास्त फारम www.dohs.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ।

सिआइसिटी सहजकर्ता, अस्पताल बिमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस