२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले लागू गर्‍यो नयाँ सफ्टवेयर

अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।

एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरु रहेको निगमले जनाएको छ ।

समयानुकूल निगमको सेवालाई आधुनिकीकरण गर्न सो सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने निगमको विश्वास छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकूल सुधार गर्न र व्यावसायिक सफलताका लागि नयाँ प्रविधि भित्र्याइएको कम्पनीले उल्लेख गरेको छ ।

गत असोजको तेस्रो साता निगमको महाप्रवन्धकको जिम्मेवारीमा आएका डिमप्रसाद पौडेलले निगमको विद्यमान अवस्था सुधारका साथै निगमलाई आधुनिक प्रविधिमैत्री बनाई प्रतिस्पर्धी सेवाको रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न प्रक्रिया शुरु गरेका छन् ।

पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका छ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो ।

पछिल्लोपटक गत कात्तिक ६ गते महाप्रवन्धक पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका थिए ।

सो निर्देशनमा निगमभित्र अनुशासनका आधारभूत नियम कडाइका साथ पालना गर्न निर्देशित गरिएको छ । सुशासन प्रवद्र्धन, पारदर्शिता, कर्मचारीको कार्यालय समय व्यवस्थापन, हाजिरी आदि विषयलाई सुधारको प्रक्रियामा लगिने उल्लेख छ । हरेक महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखले मासिक प्रगति विवरण अनिवार्य रुपमा पठाउनुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी गराउनुपर्ने उल्लेख छ ।

निगमसँग हाल आन्तरिक उडानमा दुई थान मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तव्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस