कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित


१८ कार्तिक २०७७, मंगलबार


परासी । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरेको छ ।

नगरपालिका र वडा कार्यालयमा कार्यरत ११ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको नगरपालिकाले जनाएको छ ।

सङ्क्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले कात्तिक २४ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

कोरोना सङ्क्रमित एक कर्मचारीको काठमाडौँमा उपचार भइरहेको छ भने अन्य दश जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस