२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले कान्ति बाल अस्पताललाई दियो पिसिआर मेसिन

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र निर्देशक डा. पौडेलले पिसिआर मेसिन हस्तान्तरण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कामपासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ शहरले दिएका दुईमध्ये एक थान पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख शाक्यले भगिनी सम्बन्ध स्थापित भएका विभिन्न नगरले कामपालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्धरुपमा हामीले सरकारी अस्पताललाई हस्तान्तरण गर्दै आएको जानकारी दिए। कामपाले यसअघि पनि उक्त अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेको थियो ।

अस्पतालका निर्देशक डाक्टर पौडेलले आगामी एक हप्ताभित्रमा परीक्षण मेसिनलाई प्रयोगमा ल्याउने जानकारी दिए । अहिले पनि दैनिक २० देखि ३० जनासम्मको सङ्कलन गरिएको नमूना परीक्षणका लागि अन्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले अब अस्पतालमै मेसिन जडान भएपछि त्यो समस्या हट्नेछ भने ।

कामपाले यसअघि गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ परीक्षण गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । उक्त मेसिनको मूल्य करीब रु १६ लाख पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस