२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमा दर्जन बढी उपसचिव सरुवाको तयारी

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले दर्जन बढी उपसचिवको सरुवा गर्दै छ । मन्त्रालयले अवधि पुगेका मातहतका निकायमा सरुवा गर्न लागेको हो ।

निजामती सेवा नियमावली नियमावलीको नियम ३६ को उपनियम १(ख) अनुसार ‘मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा’ सरुवा गरी सकिसक्नु पर्ने उल्लेख भए पनि आकर्षक ठाउँमा को जाने भन्ने रस्साकस्सीका कारण अर्थ मन्त्रालयमा कार्तिक पन्ध्र कटेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार सोमबार(भोलि) पाँच बजे सरुवा सूची प्रकाशन गर्ने तयारी अर्थको छ । त्यही मिलाउनका लागि अर्थ सचिव शिशिर ढुङ्गाना, राजश्व सचिव रामशरण पुडासैनी, प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम भण्डारी र राजश्व शाखाका उपसचिव चण्डी घिमिरेबिच आज लामै छलफल भएको छ ।

निजामतीमा आकर्षक मानिने अर्थ मन्त्रालय अन्तर्गतका पनि केही भन्सार र कर कार्यालयमा जान कर्मचारीको ठुलै हानथाप चल्ने गरेको छ । जसमध्ये अहिले भैरहवा र केरुङ भन्सार कार्यालय प्रमुखको सरुवा हुँदै छ भने भरतपुर, जनकपुर, पुतली सडक, त्रिपुरेश्वर, न्यूरोड, सिमरा, हेटौडालगायतका कर कार्यालयहरूमा पनि प्रमुख फेरिँदै छन् । यी मध्येमा भरतपुर, जनकपुर र पुतली सडक कर कार्यालयको आकर्षण अर्कै छ ।

ती स्रोतका अनुसार यी ठाउँमा मन्त्रालयका उपसचिवहरू गोपाल कोइराला, दुर्गा भण्डारी, दिलीप अधिकारी, राजकुमार खतिवडा, तीर्थ चिलवाल र चण्डी घिमिरेलगायतलाई पठाउने तयारी भइरहेको छ । मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमध्ये २० वटा भन्दा बढी निकायका प्रमुखहरूको सरुवा गर्ने अवधि पुरा भएको छ ।

केही दिन अघि मात्रै मन्त्री विष्णु पौडेलले उपसचिवसम्मको सरुवाका लागि आफूलाई सोधिरहन नपर्ने र सिधै सचिवले गर्न सक्ने बताएका थिए ।

कर्मचारीको सरुवा हुनु सामान्य र नियमित प्रक्रिया भए पनि विगतदेखि नै सबैभन्दा बढी चलखेल सरुवामै हुने गरेको कुरा घाम जतिकै छर्लङ्ग छ । सरुवा भएको कार्यालयमा हाजिर नहुँदै बाटैबाट अर्को निकायमा सरुवा भई सक्ने रोगबारे पनि कर्मचारी अनविज्ञ भने छैनन् भने वर्षौँसम्म एउटै कार्यालय तथा घुमिफिरी मालदार अड्डामै रजाइँ गर्नेको सङ्ख्या पनि ठुलै छ । जसका लागि प्रशासनिक मात्रै होइन, राजनीतिक साथ र आशीर्वाद पनि उत्तिकै आवश्यक ठानिन्छ ।

प्रतिक्रिया दिनुहोस