घुस लिएको अभियोगमा पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिएको अभियोगमा पक्राउ


१६ कार्तिक २०७७, आइतबार


पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस