नेकपाको एकीकृत अस्तित्व संकटमा : विष्णु पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपाको एकीकृत अस्तित्व संकटमा : विष्णु पौडेल


१६ कार्तिक २०७७, आइतबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी फूटतर्फउन्मुख भएको बताएका छन् ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताएका छन् ।

आइतबार ट्वीटमार्फत मन्त्री पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्व सामू गम्भीर संकट उत्पन्न भएको बताएका हुन् ।

‘यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु’ महासचिव पौडेलको ट्वीटमा छ ।

दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि शनिबार भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटन सकेको थिएन । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस