काठमाडौँमा अज्ञात समूहको छुरा प्रहारबाट युवकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँमा अज्ञात समूहको छुरा प्रहारबाट युवकको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-५ मा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका-५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस