बुटवलको कोरोना विशेष अस्तालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुटवलको कोरोना विशेष अस्तालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार


बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्तालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-८का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा गौतमले बताए ।

डा. गौतमका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस