खस भाषाको पहिलो टेलिशृङ्खला (भिडियोसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खस भाषाको पहिलो टेलिशृङ्खला (भिडियोसहित)


१२ कार्तिक २०७७, बुधबार


आजभोलि दिनप्रतिदिन नयाँ–नयाँ हास्य टेलिशृङ्खलाहरु प्रशस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरूमा आउने क्रममा छन्। जसमध्ये खस भाषाको पहिलो टेलिशृङ्खला हो “भागा–भाग”।

उक्त खस भाषाको पहिलो टेलि शृङ्खला “भागा–भाग” मा समाजको सत्य तथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरूको समाधान गर्ने उद्देश्य अनुसार व्यङ्ग्यात्मक शैलीमा जनचेतनामूलक सन्देश फैलाउने यस “भागा–भाग” सिरियलले भूमिका निर्वाह गरेको पाइन्छ।

जसको सम्पादक जयन कुमार मोक्तानले गरेको छ भने उत्पादन सल्लाहकार योगेन्द्र कार्की रहेको छ । क्यामेरा विनोद विष्ट हुन् । उक्त सिरियलमा कलाकारहरुको शृङ्गार दीपेन्द्र हमालले गरेको छ।

ध्वनि स‌ंयोजनमा भने शङ्कर बोहराले महत्त्वपूर्ण भूमिका निभाइ सिरियललाई सुनमा सुगन्धित बनाएका छन् । उत्पादन तथा प्रबन्धक कीर्ति बहादुर सिंहले गरेका छन् ।

गायक नारायण डङ्गोल रहेको छ। सिरियललाई नारायण उपाध्यायले लेखन तथा निर्देशन गरेका छन्। सिरियलको निर्माता कृत्ति बहादुर सिंह र मिना जिसी हुन् ।

कलाकारहरूमा किर्ती बहादुर सिंह, मिना जि सि, नारायण दत्त उपाध्याय, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, विनोद पोखरेल र सुवास घिमिरे रहेका छन्।

भिडियो :

प्रतिक्रिया दिनुहोस