भारतीय सेनाध्यक्ष नोभेम्बर ४ मै नेपाल आउने, २० गते मानार्थ महारथीको दर्जा दिइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय सेनाध्यक्ष नोभेम्बर ४ मै नेपाल आउने, २० गते मानार्थ महारथीको दर्जा दिइने


११ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । कात्तिक १९ देखि २१ गते(नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।
यसअघि भारतीय पक्षले उनको तीन दिने नेपाल भ्रमणको मिति तोकेको थियो ।

सम्बन्धित समाचार : भारतीय स्थल सेना प्रमुख नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात् नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।
तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।
नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस