भारतीय स्थल सेना प्रमुख नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय स्थल सेना प्रमुख नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने


११ कार्तिक २०७७, मंगलबार


काठमाडौँ ।  भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरभानेको भ्रमणको मिति भारतीय पक्षले तोकेको हो ।

नेपाली पक्षसँग यसबारे छलफल नभएपनि भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एक अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । यसैका लागि उनी नेपाल आउन लागेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस