पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लेखे फेसबुकका जुकरवर्गलाई पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लेखे फेसबुकका जुकरवर्गलाई पत्र


११ कार्तिक २०७७, मंगलबार


काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री इमरानखानले फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गलाई पत्र लेखेका छन् । उनले पत्रमा फेसबुकलाई इस्लामप्रति पूर्वाग्रह राख्ने वा घृणा फैलाउने खालका सामग्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

खानले सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेको सो पत्रमा इस्लामोफोबिया भनिने त्यस्ता सामग्रीले सामाजिक सञ्जालमार्फत विश्वभरि अतिवाद र हिंसा फैलाउन बढवा दिने भनिएको छ ।

गत महिना फेसबुकले होलोकस्ट भनिने लाखौँ यहुदीहरूको नरसंहार गरिएको घटनालाई अस्वीकार गर्ने वा त्यस इतिहासलाई बङ्ग्याउने सामाग्री हटाउने नीति ल्याएको थियो । खानले फेसबुकलाई इस्लामविरुद्ध घृणा निम्त्याउने अभिव्यक्तिप्रति पनि त्यस्तै नीति ल्याउनुपर्ने बताएका छन् ।

इमरान खानको आग्रहबारे फेसबुकले त्यस्ता सामग्रीहरू आफूले थाहा पाउने बित्तिकै हटाउने गरेको जनाएको छ । तैपनि पनि त्यो पर्याप्त नभएको उसले स्वीकारेको छ।

प्रतिक्रिया दिनुहोस