चौरसियाका हत्यारालाई कारबाही गर्न सरकारसँग नेकपा अध्यक्ष दाहालको माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चौरसियाका हत्यारालाई कारबाही गर्न सरकारसँग नेकपा अध्यक्ष दाहालको माग


९ कार्तिक २०७७, आइतबार


प्रहरी ऐन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै दाहालले दोषी जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन्। दाहालले विज्ञप्तिमा लेखेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ।’

६ कात्तिकमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसिया गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन भए पनि प्रहरीले अहिलेसम्म मुद्दा दायर गरेको छैन। पीडित पक्षले केन्द्रको दबाबकै कारणले प्रहरीले मुद्दा दायर नगरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस