विश्वमा ४ करोड २४ लाख बढी कोरोना सङ्क्रमित, कति भए डिस्चार्ज ?  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वमा ४ करोड २४ लाख बढी कोरोना सङ्क्रमित, कति भए डिस्चार्ज ? 


८ कार्तिक २०७७, शनिबार


काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितको सङ्ख्या ४ करोड २४ लाख भन्दा बढी पुगेको छ । ओर्ल्डोमिटरले दिएको जानकारी अनुसार शनिवार बिहानसम्म विश्वभर सङ्क्रमितको सङ्ख्या ४ करोड २४ लाख ९७ हजार ३ सय ७९ पुगेको छ ।

अमेरिकामा मात्रै ८७ लाख ४७ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । २ लाख २९ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै भारतमा ७८ लाख  भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख १७ हजार पुगेको छ ।

विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ लाख ४९ हजार भन्दा बढी रहेको छ ।

हालसम्म ३ करोड १४ लाख बढीले कोरोना सङ्क्रमण जितेका छन् ।

गत डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट चीनमा भने हालसम्म ९१ हजार १०८ जना सङ्क्रमित भइसकेका छन्। चीनमा शुक्रवार थप २८ सङ्क्रमित भेटिएका थिए।

सङ्क्रमितमध्ये चीनमा ४ हजार ७३९ ले ज्यान गुमाइसकेका छन्। त्यस्तै ८५ हजार ९५० निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस