देश प्रेम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देश प्रेम


८ कार्तिक २०७७, शनिबार


म त हजुर नेपाली देश चिनाउने ।
प्रगतिको पथमा सधैँ हिँडाउने ।

शीरमाथि राखेर देश भन्न पाऊँ ।
संसारकै नजरमा बुद्ध बन्न पाऊँ ।।

सगरमाथा शिखरबाट विश्व हेर्नु छ ।
हाम्रो सोच पुरानो भो नयाँ फेर्नु छ ।।

छातीमाथि देशको झण्डा भिर्न पाऊँ ।
नेपाली भै गर्वले सास फेर्न पाऊँ ।।

म त हजुर नेपाली देश चिनाउने ।
प्रगतिको पथमा सधैँ हिँडाउने ।।

धन्यवाद

इतिहासको उत्खनन

Tags :
प्रतिक्रिया दिनुहोस