कलाकार हरिबंश आचार्य दम्पती भए कोरोना स‌क्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कलाकार हरिबंश आचार्य दम्पती भए कोरोना स‌क्रमणमुक्त


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरस स‌क्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

कोरोना संक्रमण पुष्टि हुनु आचार्य फिल्म ‘हुतुतु’को युनिटसँग स्क्रिप्ट तथा वरिष्ठ कलाकार मदकृष्णसँग एक प्रोजेटको सुटिङमा व्यस्त थिए । उनीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरोना परिक्षण गराएका थिए । सबैको रिपोट नेगेटिभ आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस