गण्डकीमा थप १६ जनामा कोरोना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकीमा थप १६ जनामा कोरोना


४ कार्तिक २०७७, मंगलबार


गण्डकी । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् । सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोना सङ्कक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस