एलिना चौहान र अञ्जान सूर्यको ‘नजाऊ नभन’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एलिना चौहान र अञ्जान सूर्यको ‘नजाऊ नभन’ सार्वजनिक


४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिक भएको छ ।

डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ ।

निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतमा गरिबिको गन्तव्य प्रदेश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्साइएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने ।

लालकुमार बरालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस