प्युठानमा बस दुर्घटना : चालकको मृत्यु, ३ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्युठानमा बस दुर्घटना : चालकको मृत्यु, ३ घाइते


४ कार्तिक २०७७, मंगलबार


दाङ । प्युठानको माण्डवी गाउँपालिका-२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा प्युठानको माण्डवी गाउँपालिका-१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस