चितवनमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चितवनमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु


४ कार्तिक २०७७, मंगलबार


चितवन । कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक-एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा खैरहनी नगरपालिका-१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।

निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका-७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।

गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो । स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस