वीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु


४ कार्तिक २०७७, मंगलबार


विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि वीपी प्रतिष्ठानमा उपचाररत ५६ वर्षीय पुरुषको सोमबार राति ९:३० बजे मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिकाका ५६ वर्षीय पुरुषको कोरोना लक्षणसँगै स्वाब परीक्षण गर्दा कात्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई प्रतिष्ठानकै कोभिड-१९ अस्पतालमा कात्तिक ३ गते भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जनकारी दिए ।

सोमबार राति साढे ९ बजे उपचारका क्रममा मृत्यु भएका उनमा कुनै दीर्घ रहेको जानकारी नभएको श्रेष्ठल जानकारी दिए ।

प्रतिष्ठानमा हालसम्म ६६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी ४९ जना संक्रमित प्रतिष्ठानको कोभिड १९ अस्पतालको आइसोलेशनमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस