यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गरेका छन्।

मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्य नन्दबहादुर रोकायालाई नियुक्त गर्ने निर्णय गरेको छ।

पदमा गौमुल-३, बाजुराका रोकायालाई असोज २६ गतेको मन्त्रिपरषद् बैठकले सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थात सिट क्षमताभन्दा यात्रु राख्न पाउने व्यवस्था गरिँदा तोकिएको ५० प्रतिशत बढी भाडादरको व्यवस्था खारेज भएको छ। सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

मन्त्रिपरिषद बैठकले विभिन्न सचिवहरुको सरुवा गरेको छ। नेपाल प्रवेशका लागि सीमा क्षेत्रहरु तोकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइको छ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका निर्णय

 

Tags :
प्रतिक्रिया दिनुहोस