सिभिल अस्पतालले भन्यो : कोरोनाको उपचार खर्च आफैं ब्यहोर्नू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिभिल अस्पतालले भन्यो : कोरोनाको उपचार खर्च आफैं ब्यहोर्नू


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । सिभिल अस्पतालले कोरोना संक्रमितको उपचार खर्च नब्यहोर्ने भएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका संक्रमितहरुले कात्तिक २ गतेको निर्णयअनुसार आफैं खर्च व्यहोर्नुपर्ने जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताएका थिए ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एक महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ, कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरिएको गौतमले बताएका छन् । तर, उनीहरुको खर्च पनि बीमा रकमबाट काटिने सरकारले घोषणा गरेको छ ।

त्यस्तै अस्पतालले संक्रमितहरुले धरौटी नराखी खाना खान नपाउने भएका छन् । संक्रमितले अस्पतालमा रहेको क्यान्टिनमा धरौटी राखेपछि मात्रै खाना खान पाउनेछन् ।

हेर्नुस् सूचना:

 

Tags :
प्रतिक्रिया दिनुहोस