चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

३ कार्तिक २०७७, सोमबार


चितवन । चितवन मेडिकल कलेज (सीएमसी) मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१० का ७६ वर्षीय पुरुषको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सीएमसीका निर्देशक डा. दयाराम लम्सालले दिइएको जानकारी अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको ति पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो।

कोरोना संक्रमित ति पुरुषमा उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित रहेको डा.लम्सालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस