१ करोड ५७ लाख बढीको यार्सा गुम्बासहित १ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१ करोड ५७ लाख बढीको यार्सा गुम्बासहित १ जना पक्राउ


३ कार्तिक २०७७, सोमबार


कैलाली । दार्चुलामा डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद भएको छ ।

जिल्लाको महाकाली नगरपालिका-४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका-३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लामालाई दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट पक्राउ गरेको हो ।

उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्सा गुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्सा गुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस