आइपीएल : डबल सुपर ओभरमा पुगेको खेलमा मुम्बईमाथि पञ्जाब रोमाञ्चक जित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइपीएल : डबल सुपर ओभरमा पुगेको खेलमा मुम्बईमाथि पञ्जाब रोमाञ्चक जित


एजेन्सी

३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपीएल)को आइतबार राती भएको खेलमा डबल सुपर ओभरमा मुम्बईमाथि किंग्स इलेभेन पञ्जाबले सनसनीपूर्ण जित हासिल गरेको छ।

२०-२० ओभरको खेल बराबरी भएपछि खेलिएको पहिलो सुपर ओभरपनि बराबर भएपछि खेलको निर्णय दोस्रो सुपर ओभरबाट गरिएको थियो। मुम्बईले दिएको १७७ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएपछि दुवै टिमको रन बराबरी भएको थियो।

पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिंग गर्दै २ विकेट गुमाउदै ५ रन बनाएको थियो। ६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो।

दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो। १२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो। यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो।

यस अघि पञ्जाबका लागि कप्तान केएल राहुलले ७७ रन बनाएका थिए भने क्रिस गेल र निकोलस पुरनले २४-२४ रन बनाएका थिए।​ त्यस्तौ दीपक हुड्डाले अविजित २३ रन बनाएका थिए भने क्रिस जोर्डनले १३ रन बनाएका थिए।मुम्बईका बलर जसप्रित बुम्रराहले ३ विकेट लिए भने राहुल चाहरले २ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो।​ पञ्जाबका बलर मोहमद सामी र अर्शदीप सिंहले २-२ विकेट लिएका थिए।

यो जितसहित पञ्जाबले ९ खेलमा आफ्नो तेस्रो जित हासिल गरेको छ। पञ्जाबले यस अघि ६ खेलमा हार बेहोरेको छ। त्यस्तै मुम्बईले ९ खेलमा ६ जित र ३ हार ब्यहोरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस