अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्ड दिइँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्ड दिइँदै


२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छन् ।

डिसेम्बर ८ का दिन लिसा मन्टगमरीलाई इन्डियानामा प्राणघातक सुई लगाइ मृत्यु दण्ड दिइने भएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ।

मृत्युदण्डसम्बन्धी सूचना सङ्कलन गर्ने केन्द्र ‘डेथ पेनाल्टी इन्फर्मेशन सेन्टर’का अनुसार यसअघि संयुक्त राज्य अमेरिकाले बनी हेडीलाई मिसोरीमा सन् १९५३ मा मृत्युदण्ड दिएको थियो।

को हुन् लिसा मन्टगमरी ?
न्याय मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार डिसेम्बर २००४ मा मन्टगमरी कुकुरको बच्चा किन्ने भन्दै क्यान्ससदेखि मिसोरीस्थित बबी जो स्टिनेटको घर पुगेकी थिइन्।

मन्टगमरीले आठ महिनाकी गर्भवती स्टिनेटको पेट चिरेर बच्चा अपहरण गरेकी थिइन् । त्यसपछि उनलाई दोषी ठहर गर्दै जेल चलान गरिएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस