श्वास फेर्न र बोल्न गाह्रो भएको छ, फोन नगरिदिनुहोला : सांसद पाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्वास फेर्न र बोल्न गाह्रो भएको छ, फोन नगरिदिनुहोला : सांसद पाल


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । संघीय सांसद निरु देवी पालले कोरोना सङ्क्रमणका कारण बोल्न र श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी छन् ।

बुधवार कोरोना सङ्क्रमण पुष्टि भएकी सांसद पालले आफूलाई फोनमा बोल्न समस्या भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी हुने ।

बुधवार उनले आफूलाई कोरोना सङ्क्रमण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सबेलाई जानकारी गराएकी थिइन् ।

आज पनि फेसबुकमा सबैलाई आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै उक्त अनुरोध गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्,‘श्वास फेर्न र बोल्न गाह्रो भएको छ, खोकी बेस्सरी लागेको छ, फोनमा बोल्न निकै गाह्रो भएकोले फोन उठाउन सकिरा छैन, कृपया फोन नगरीदिनुहोला’

Tags :
प्रतिक्रिया दिनुहोस