नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

‘उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्छन्’, उनले भने, ‘चिकित्सकका अनुसार उनको रक्तचाप पनि सामान्य रहेको छ ।’ उनको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो

Tags :
प्रतिक्रिया दिनुहोस