२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउ

अ+ अ-

बलेवा । अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्विर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो ।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिईका बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंकमा खानतलासी गरिरहेको छ । बुधबार साँझसम्म पनि खानतलासी र भेटिएका बन्दुकहरुको मुचुल्काको काम नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

‘मुचुल्का हुँदैछ नाम आइसकेको छैन्, भेटिएको ठाउँमा फोन लाग्दैन्’, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, ‘सङ्ख्या बढ्न सक्छ, अहिलेलाई अनौपचारिक रुपमा ११ जना नियन्त्रणमा आएको खबर छ ।’ बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उनको भनाइ छ ।