डा. लोहनीको आक्रोश-बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनु जरुरी छ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डा. लोहनीको आक्रोश-बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनु जरुरी छ


प्रशासन संवाददाता

२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मान हानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् ।

डा. लोहनीले शीर्ष नेताहरूलाई भ्रष्टाचारीको आरोप लगाएको भन्दै डा. भट्टराईविरुद्ध अदालतमा मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका हुन्।

डा. लोहनीले सामाजिक सञ्जाल फेसबुकमा देख्दै भनेका छन्, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरूलाई भ्रष्टाचारको आरोप लगाए छन्, यो गम्भीर कुरो हो, अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आँट देखाउनु जरुरी छ ।’

यस्तै आरोप लगाउनेले प्रमाण नदेखाउनु र आरोपितले अदालत नजानु मिलीभगत भएको भन्दै जनतालाई मूर्ख बनाउने नाटक भएको उनको धारण छ । ‘आरोप लगाउने ले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरूले अदालत जाने आँट नगर्ने हो भने यो सबै मिलीभगत जमातको जनतालाई मूर्ख बनाउने नाटक भन्दा केही नहुने देखिन्छ ।’ उनले भनेका छन् ।

डा. भट्टराईले बुढी गण्डकी आयोजनामा नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले ओली, प्रचण्ड र देउवाले बुढीगण्डकीमा ९ अर्व रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस