कर्णाली प्रदेशमा १३१ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा १३१ जनामा कोरोना संक्रमण


२७ आश्विन २०७७, मंगलबार


कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका छ, जुम्लाका पाँच, दैलेखका तीन, हुम्लाका दुई र अन्य प्रदेशका आठ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।’ आज १३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या चार हजार ६५१ पुगेको छ,’उनले भने,’पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।’

उनका अनुसार आज ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५३१ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा ९६१ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस