डा. केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनशन तोडिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डा. केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनशन तोडिने


प्रशासन संवाददाता

२५ आश्विन २०७७, आइतबार


काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । त्रि वि शिक्षण अस्पतालमा २८ दिनदेखि अनशनरत डा. केसीसँग ८ बुँदे सहमति भएपछि  डा. केसीले आज (आइतबार) अनशन तोड्ने भएका हुन् ।

शनिवार चिकित्सक संघले पुनः आन्दोलनको घोषणा गरी आइतबार देशभरका स्वास्थ्य सेवा ठप्प गर्ने चेतावनी दिएको थियो । लगत्तै मध्यराति नै सरकार पक्षले डा. केसी सँग सहमति गरेको हो ।

बुधवार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेको थियो । त्यसपछि लगातार हुँदै आएको वार्ता शनिवार मात्रै सहमतिमा पुगेको हो ।  बिहीबार र शुक्रवार भएको वार्ता असफल भएको थियो ।

शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारी वार्ता टोली लगेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सहमति जुटेको हो ।

सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा : डा. केसीका मागबारे प्रधानमन्त्रीसँग छलफल हुने

डा. केसीले ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औँ अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई जुम्लाबाट असोज ५ गते नेपालगन्ज ल्याइएको थियो। असोज ६ गतेदेखि उनी काठमाडौँस्थित त्रि वि शिक्षण अस्पतालमा अनशनरत छन्।  उनी अनशन बसेको आज २८ दिन पुगेको छ। आज ९ बजे अनशन तोड्दै छन् ।

सहमति पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस