काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटार भएको भेटवार्ता बिना निष्कर्ष टुगिंएको छ । ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको स्रोतले बताएको छ ।
यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल भए पनि टुङ्गो नलागेपछि आज पुनः समझदारीको प्रयास भएको थियो । भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।







