मेरो देश नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेरो देश नेपाल


२४ आश्विन २०७७, शनिबार


वीर पुर्खाले पसिना बगाएको
सुन्दर र शान्त देश,
धेरै छन् जातजाति
अनेकौँ छन् भेष ।

सयौँ थुङ्गा फुलसरि
बसेकाछन् जनताहरू
कुकर्ममा लाग्दैनन् कोही
सक्छन् भोकै बस्न बरु ।

हिमाल नदी तालजस्ता
सम्पदाले सम्पन्न,
धन गरिब भए पनि
सबको मन छ प्रसन्न ।

देश सानो भए पनि
लाखौँ छन् विशेषता,
देख्न सक्छौँ हामी यहाँ
अनेकतामा एकता ।

सात प्रदेश भए पनि
अखण्ड छ नेपाल,
चाँडै भित्रीदैछ यहाँ
खुसीको बहार ।

कुटो कोदालो गरिकन
फलाउँछन् अन्न मानामुरी,
कयौँ धनी भए पनि
देखाउँदैनन् चुरीफुरी ।

डाँडाकाँडा पाखासँगै
संस्कृतिछन् विशाल,
सद्गुणले भरिएको
समृद्ध छ नेपाल

प्रतिक्रिया दिनुहोस