सुनको मुल्य ९ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मुल्य ९ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


प्रशासन संवाददाता

२३ आश्विन २०७७, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाण्डौ । शुक्रबार सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

हिजो (बिहिबार) सामान्य गिरावट आएको सुनको मुल्य आज पुन: बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको मुल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै चाँदीको मुल्य पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस