२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई

अ+ अ-

एजेन्सी । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई दिइने भएको छ । बिहीबार स्टक होममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लुकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । कवि ग्लुकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढङ्गले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको छ ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लुक यल विश्वविद्यालयमा अङ्ग्रेजीकी प्राध्यापकसमेत हुन् । सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरूले पनि प्रशंसा गरेका थिए । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चमत्कारिक ढङ्गले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् । त्यस्तै उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअल नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन् ।

गत वर्षको नोबेल साहित्य पुरस्कार अस्ट्रियाका लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । गत वर्ष २०१८ को नोबेल साहित्य पुरस्कार पनि प्रदान गरिएको थियो । उक्त पुरस्कार पोलिस लेखक ओल्गा टोकारजुकलाई दिइएको थियो । सन् २०१८ मा एकेडेमीकी एक महिला सदस्यका श्रीमानलाई बलात्कारको आरोप लागेपछि नोबेल साहित्य पुरस्कार रोकिएको थियो ।

त्यसअघि सन् २०१७ मा जापानी लेखक काजुओ इसिगुरो र २०१६ मा अमेरिकी लोकगायक तथा गीतकार बब डिलनलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो । त्यस्तै साहित्यमा पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो ।

यस वर्षको चिकित्सा शास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रतर्फतको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ९ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस