२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरी भएका २ थान मूर्ति सहित ३ जना पक्राउ

अ+ अ-

कर्णाली । प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ ।

विसं. २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५ खलंगास्थित चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएका थिए । पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।

उनले अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु प्राप्त भएको बताए । प्रवक्ता वास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको उनको भनाई थियो ।

जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विसं.२०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताए । मूर्ति चार हात भएको दायाँको माथिल्लो हातमा तरवार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशुल भएको तल्लो हातमा पाला (दियो) भएको, पाँच ईन्च उचाई पाँच ईन्च गोलाई भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उनले जानकारी दिए ।

उनले संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत् १९३४ बैशाख भन्ने मात्र बुझिने चार हात भएको बताए । मूर्तिको दायाँ माथिल्लो हातमा चक्र जस्तो लिएको तल्लो हातमा कमलको फुल बाँया माथिल्लो हातमा गुर्जा, तल्लो हातमा गदा लिएको, कम्मरसम्म मालाजडित टाको र दुवै कानमा पँहेलो जलप लगाएको, वरपर फुलबुट्टे घेरामा छत्र मुकुटको जडित घेरा भएको, उचाई सात ईन्च, गोलाई ९.५ ईन्च भएको चाँदी जस्तो देखिने धातुको भगवानको ८९० ग्राम तौल अर्को मूर्ति फेला पारिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस