नेपाल बारले भन्यो – डा. केसीलाई जोगाऊ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल बारले भन्यो – डा. केसीलाई जोगाऊ


प्रशासन संवाददाता

२० आश्विन २०७७, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।

मङ्गलवार बारको मानव अधिकार तथा जनसरोकार समितिले एक विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको हो ।

नागरिकको जीवन रक्षा राज्यको परम कर्तव्य भएको हुँदा डा. केसीको जीवन रक्षाका लागि सबै किसिमका उपाय तत्काल अवलम्बन गर्न सरकारसँग अपिल गरिएको छ ।

विगत २३ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदै गएको र माग सम्बोधन गरी जीवन रक्षाप्रति सम्बन्धित निकाय पूर्णरुपेण उदासीन भएकोप्रति मानव अधिकार जनसरोकार समितिले ध्यानाकर्षण गराएको छ ।

आधारभूत शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले केसीसँग विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस