२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा झिनो गिरावट

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो । यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढेको छ । बैंकिङ ३।८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बीमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बीमा ८१.३४ ले घटेको छ ।

कारोबारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा रु १४ करोड ९१ लाख बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर रु ११ करोड ७३ लाख ६३ हजार ५०७, अरुण भ्याली हाइड्रोपावर रु १० करोड ७० लाख ३० हजार, कुमारी बैंक रु नौ करोड ८९ लाख एक हजार ९९०, नेपाल बैंक लिमिटेड रु नौ करोड ८३ लाख १८ हजार ६२४, हिमालयन डिस्टिलरी रु नौ करोड पाँच लाख ३६ हजार ५०७ र अपि पावर कम्पनी रु आठ करोड तीन लाख सात हजार ९९७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै कारोबारका आधारमा रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका लगानीकर्ताले समान रुपमा १०/१० प्रतिशतले कमाए । नेपाल फाइनान्स कम्पनी ९.२४, रिडी हाइड्रोपावर ७.६९, हिमाल दोलखा हाइड्रोपावर ७.६३, लुम्बिनी विकास बैंक ६.७० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३६ प्रतिशतले कमााए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ७.१९, उन्नती सहयात्रा लघुवित्त ४, तारागाँउ रिजेन्सी होटल ३.८० र शिवम सिमेन्टका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस