उपत्यकाका तीन यातायात कार्यालय अनिश्‍चितकालका लागि बन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपत्यकाका तीन यातायात कार्यालय अनिश्‍चितकालका लागि बन्द


प्रशासन संवाददाता

१९ आश्विन २०७७, सोमबार


काठमाडौं । कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका तीन यातायात कार्यालय अनिश्चतकालका लागि बन्द गरिएका छन् ।

ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएका हुन् ।

अर्को सूचना आउँदासम्म तीनवटै कार्यालयका सबै सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस