दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजकले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङ राजधानीमा असहमति जनाउँदै समितिका संयोजकले दिए राजीनामा


प्रशासन संवाददाता

१९ आश्विन २०७७, सोमबार


काठमाडौं । दाङ राजधानी राख्ने निर्णयप्रति असहमति जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्।

बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका श्रेष्ठले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै समितिबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठ बुटवल २ (क) बाट निर्वाचित एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन्।

प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ। सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रदेश सभा बैठक आज १२ बजेका लागि डाकिएको छ।

सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरू भएको छैन ।

 

Tags :
प्रतिक्रिया दिनुहोस