चितवन । हेटौंडाका एक कोरोना संक्रमितको पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हेटौंडा न्युरेनीका ७८ वर्षीय पुरुषको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार ति पुरुषलाई चितवन मेडिकल कलेजको शिक्षण अस्पतालबाट बिहीबार राति १० बजे भरतपुर अस्पताल ल्याइएको थियो ।
निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएका उनलाई भरतपुर अस्पतालले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो । उनको शुक्रबार बिहान ७:३० बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए ।