२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, मुख्य सचिव नियुक्तिबारे निर्णय हुन सक्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । बैठक बिहान ९ बजे बस्ने भनिएपनि शुरु हुन केही ढिलाई भएको हो ।

बैठकले केही नियमित प्रस्तावहरूसँगै मुख्य सचिवको विषयमा निर्णय गर्न सक्ने बुझिएको छ ।

सिंहदरवार उच्च स्रोतका अनुसार मुख्य सचिव लोक दर्शन रेग्मीले आज राजीनामा दिने र नयाँ मुख्य सचिव नियुक्त गर्ने विषयमा निर्णय हुन सक्नेछ । नयाँ मुख्य सचिवको चर्चामा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीको यही असोज २२ गते अनिवार्य अवकाशमा जानेभएपछि सो भन्दा अघि नै निर्णय भइसक्नु पर्ने भएकोले मुख्यसचिव रेग्मीले राजीनामा दिएर बाटो खुल्ला गर्न लागेका हुन् ।

नियमित प्रक्रियाबाट अर्थात् मुख्य सचिव रेग्मी स्वभाविकरुपमा अवकाश लिँदा चन्द्र कुमार घिमिरे मुख्य सचिवका एक्दा दाबेदार हुने भए पनि अगावै राजीनामा गरेर बाटो खाली गर्दा असोज २२ मा अनिवार्य अवकाश लिने सचिवत्रय मोहनकृष्ण सापकोटा, केदारबहादुर अधिकारी र शंकरदास वैरागीबिचबाट मुख्य सचिव बनाउनु पर्ने हुन्छ, जसमध्ये सचिव वैरागीको पल्ला भारी भएको चर्चा यसअघि देखि नै उच्च कर्मचारी वृत्तमा चर्चा छ ।

मुख्य सचिव रेग्मीले मंगलबार साँझ नै फोटोसमेत खिचाई सकेका छन् । लामो समयदेखि उनीसँगै काम गर्दै आएका एक कार्यालय सहयोगीको पनि अर्थ मन्त्रालयमा सरुवा गराई दिएका छन् । गुपचुप रहने र मुखै नखोल्ने मुख्य सचिवको रेग्मीको पुरानै बानी भए पनि नयाँ मुख्य सचिव नियुक्ति र उनको राजीनामा चर्चा चलिरहँदा उनको फोटो सुटलाई २२ अघि नै राजीनामा दिन सक्ने तयारीका रूपमा अर्थ्याइसकेका छन् ।

नौ बजे शुरु हुने भनिएको बैठक अघि नै मुख्य सचिव रेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईं र हुनेवाला मुख्य सचिव शंकरदास बैरागी वालुवाटर पुगिसकेको पनि विशेष उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस