२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्धारा सैनिक-नागरिक सम्बन्ध विस्तार कार्यक्रममा तीव्रता

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यन्वयनलाई पछिल्लो समय तीव्रता दिएको छ ।

स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक-नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रस घरसहितको हाटबजार निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले उक्त गाउँपालिकाका अध्यक्षलाई हाटबजार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालय र सेनाबाट रु ५०/५० लाख तथा गाउँपालिकाबाट उक्त कार्यक्रमका लागि रु १४ लाख बजेट उपलब्ध गराइएको थियो ।

रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईँकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईँकुण्डसम्मको दुई दशमलव ५८ किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ । गणले चोलाङपाटीमा प्रतीक्षालय र बुद्ध मन्दिरमा अस्थायी टहरा बनाएको सेनाले जनाएको छ । त्यहाँ तैनाथ कालीजङ्ग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको रोहवरमा गोसाईँकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा रु ३५ लाख छ हजार खर्च भएको जानकारी दिइएको छ ।

जुम्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक र बहिरा माध्यमिक विद्यालय भवन, बास्केटबल कोर्ट तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त कार्यका लागि सेनाबाट रु २५ लाख उपलब्ध गराइएको थियो ।

गोरखामा तैनाथ रणसिंह दलले रु २५ लाखको लागतमा त्यहाँस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासीय विद्यालयमा चार कोठे भवन र विद्यालयको पर्खाल निर्माण गरी हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस