२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामसुङ कम्पनीको त्रैमासिक आम्दानी ५४ अर्ब डलर

अ+ अ-

काठमाडौं । सामसुङ कम्पनीले त्रेमासिक आम्दानी साढे ५४ अर्ब अमेरिकी डलर गर्ने एक रिपोर्टले देखाएको छ । सन् २०२० को तेश्रो त्रैमासिकमा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सो रकम बराबरको आम्दानी गर्ने देखिएको हो ।

योनहाप इन्फोम्याक्सले सार्वजनिक गरेको प्रक्षेपण अनुसार वर्षको तेश्रो त्रैमासिकमा कम्पनीले आफ्ना प्रडक्टहरुको बिक्रीबाट हुने आम्दानीमा अघिल्लो त्रैमासिकको तुलनामा उल्लेख्य वृद्धि गर्नेछ भने मुनाफामा पनि वृद्धि हुनेछ । कम्पनीको आम्दानीको मुख्य व्यवसायको रुपमा रहेको सेमिकन्डक्टरको बिक्रीदर उच्च रहँदा मेमोरी चिप्सको मूल्य घटे तापनि सामसुङको आम्दानीमा बढोत्तरी भएको हो ।

त्यस्तै महामारीको यस अवधिमा सामसुङले आफ्ना स्मार्टफोनसँगै घरेलु विद्युतीय सामानहरु समेत विश्व बजारमा उल्लेख्य मात्रामा बेच्न सफल भएको छ । जुलाईदेखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले कूल ५४ अर्ब ५० करोड डलरका सामानहरु बेच्नेछ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले बढी हो ।

त्यसैगरी सञ्चालन मुनाफामा भने गत वर्षको तुलनामा यो त्रैमासिकमा ३३.७ प्रतिशतले वृद्धि भई कूल ८ अर्ब ८० करोड पुग्नेछ । तेश्रो त्रैमासिकमा सामसुङको आम्दानी दोश्रो त्रैमासिकभन्दा २०।७ प्रतिशतले बढी हो भने सञ्चालन मुनाफा २७।६ प्रतिशतले बढी हो ।

विश्वको अग्रणी मेमोरी चिप तथा स्मार्टफोन उत्पादक कम्पनी सामसुङले आफ्नो तेश्रो त्रैमासिकको आम्दानी प्रतिवेदन आगामी हप्ता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । तेश्रो त्रैमासिकमा सामसुङका ८ करोड गोटा ग्यालेक्सी स्मार्टफोन बिक्री हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० प्रतिशत बढी हो । त्यस्तै यस अवधिमा अघिल्लो त्रैमासिकको भन्दा ४५ प्रतिशत बढी अर्थात् १ करोड थान ट्याबलेट बिक्री हुनेछन् । तेश्रो त्रैमासिकमा सामसुङको चिप बिजनेसको सञ्चालन मुनाफा ५ ट्रिलियन कोरियन वन पुग्ने बताइएको छ ।

त्यस्तै मोबाइल व्यवसायको सञ्चालन मुनाफा ४ ट्रिलियन वन पुग्नेछ । गत त्रैमासिकमा सामसुङको मोबाइल बिजनेसको सञ्चालन मुनाफा १.९५ ट्रिलियन वन थियो । हालैको एक रिपोर्ट अनुसार सामसुङको प्रभुत्व रहेको विश्वको क्युएलइडी टेलिभिजन बजारमा तेश्रो त्रैमासिकमा २४ लाख ४० हजार गोटा टेलिभिजन बिक्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस