प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा


११ आश्विन २०७७, आइतबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

उनको निवासको भान्छामा कार्यरत एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारेन्टिनमा बसेको सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस